कस्तुरीको बिनासहित पूर्व सैनिकसहित दुई जना पक्राउ

कस्तुरीको बिनासहित पूर्व सैनिकसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ माघ २०८२
  • 5.8K
    Shares

पोखरा, २८ माघ २०८२।

 कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० ग्राम बराबरको कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती नै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द छन् ।

पक्राउ परेका मध्ये परियार नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी रहेको एक अनुसन्धान अधिकृतले बताए ।

बिना बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अर्का व्यक्ति चन्द दुई मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले बताएको छ । १७ मंसिर २०७५ मा प्रहरी वृत्त बालाजुबाट डाँका चोरी मुद्दा दर्ता भएकोमा उनी फरार थिए । त्यस्तै १७ वैशाख २०८१ मा प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरको मुद्दा दायर भएकोमा त्यो मुद्दामा पनि उनी फरार थिए ।

प्रतिक्रिया