पोखरा, २७ माघ २०८२।
रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी(सीडीयो) श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको जानकारी दिएका हुन् । उनका अनुसार बस खसेको स्थानमा खोजी गर्दा हालसम्म थप तीन वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९ पुगेका छ । ६ जनाको उपचारको क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको सीडियो थापाले बताएका छन् ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको १९७५ नम्बरको अरनिको यातायातको बस तामाकोशी नदीमा खसेको थियो ।
उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।