रामेछापस्थित तामाकोशीमा बस दुर्घटनाः पाँच जनाको मृत्यु, तीन घाइतेको उद्धार

रामेछापस्थित तामाकोशीमा बस दुर्घटनाः पाँच जनाको मृत्यु, तीन घाइतेको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०८२
  • 4.4K
    Shares

पोखरा , २७ माघ २०८२।

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको हो

उक्त दुर्घटनामा मृत्यु भएका गाडी साहुसहित पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए।

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।

तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया