खरबारीमा डढेलो लगाएको आरोपमा स्याङजाबाट एक महिला पक्राउ

खरबारीमा डढेलो लगाएको आरोपमा स्याङजाबाट एक महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०८२
  • 4.4K
    Shares

पोखरा , २७ माघ २०८२।

खरबारीमा डढेलो लगाएको आरोपमा स्याङजाबाट एक महिला पक्राउ परेकी छिन।

पुतलीबजार नगरपालिका वडा नम्बर ८ थाम्कास्थित खरबारीमा डढेलो लगाएको आरोपमा एक महिला पक्राउ परेकी हुन्।

पक्राउ परेकी महिला महिला पुतलीबजार ८ अरौंदी निवासी ४५ वर्षीया जमुना कुँवर रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।

कुँवरबिरुद्ध प्रहरीले सोमबार दिउसो करीब एक बजेको समयमा थाम्कास्थित खरबारीमा आगजनी गरेको आरोप लगाएको छ। उक्त आगजनीबाट के केटि क्षति पुगेको छ भन्ने बारेमा प्रहरीले केही बताएको छैन । तर उनलाई पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। सांकेतिक चित्र

प्रतिक्रिया