नवलपुरमा गएराती तीन वटा मोटरसाइकल एकापसमा ठोक्किए : एक जनाको मृत्यु, दुई जना घाइते

नवलपुरमा गएराती तीन वटा मोटरसाइकल एकापसमा ठोक्किए : एक जनाको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ माघ २०८२
  • 4.8K
    Shares

पोखरा, २६ माघ २०८२।

मध्यविन्दु । नवलपुरमा गएराती तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गएराति करिब ९ बजे ग.प्र.०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओम प्रकाश खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बीरबहादुर गुरुङले जानकारी दिए।

सोही दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते भएका छन् ।

प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती नगरपालिका–११ का २५ वर्षीय दिपक महतो भनिने घनश्याम महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया