पोखरा, २५ माघ २०८२।
बैतडीमा गएराती ईभि हाइस गाडी दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ।
सिल्लेगडाबाट बडीँयातर्फ गईरहेकाे सुपप्र ०३००१ ज ०६२४ नम्बरकाे इभि हाइस शनिबार राती ९: ४० बजे दाेगडाकेदार-३ श्रीकाेटस्थित घाेणेधार भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो।
उक्त गाडी सडकबाट करिब २ सय मिटर तल खसेदुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक २५ वर्षीय मदन ठगुन्नाकाे उपचारकाे क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक बल्देब बडुले बताए ।