सिरहामा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते

सिरहामा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 5.4K
    Shares

पोखरा, २४ माघ २०८२।

सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा छ जना घाइते भएका छन्।

जिल्लाको भलुवाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि समान्य घाइते हुनेहरुमा बिष्णुपुर गाउँपालिका–३ का राजबन्सी यादव, लट्टल यादव लगायत अन्य व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र एकको अबस्था गम्भिर रहेको जनाइएको छ ।

प्रतिक्रिया