पोखरा, २४ माघ २०८२।
अनुमति बिना मोटरसाइकल र्याली निकालेको भन्दै प्रहरीले सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ जना युवालाई पक्राउ गरेको छ।
‘खतरनाक खोपडी’ समूहका युवाहरुले स्थानीय प्रशासनको अनुमति बिना शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तीनकुने चोक हुँदै धुलियाबिटसम्म मोटरसाइकल र्याली निकालेको थियो ।
सो समूहले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्याली निकाल्दै हो–हल्ला गरेर मोटरसाइकल आतंक मच्चाएपछि पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
उनीहरूले सार्वजनिक शान्ति खलल पुर्याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आठ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा आएका २५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।