गाँजा तानिरहेका पांच जना युवा स्याङ्जामा समातिए

गाँजा तानिरहेका पांच जना युवा स्याङ्जामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 4.4K
    Shares

प्रहरी नै पक्राउ

पोखरा, २४ माघ २०८२।

लागू औषध गाँजा तानिरहेको अवस्थामा स्याङ्जाबाट पांच जना युवा समातिएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका १ नारायणस्थानमा लागू औषध गाँजा तानिरहेको अवस्थामा बिहीबार स्थानीय पांच जना युवालाई प्रहरीले समातेको हो।

प्रहरीको हिरासतमा रहेका अभियुक्तहरुमा सुर्खेत लेखबेसी नगरपालिका १० साटीखानी पावरहाउस घर भई हाल स्याङ्जा पुतलीबजार नगरपालिका १ नारायणस्थान बस्ने २४ वर्षीय निसान राना, २६ वर्षीय पुर्ण बहादुर छनत्याल, २७ वर्षीय श्याम कुमार छनत्याल, ३७ वर्षीय टंक बहादुर पाण्डे र २६ वर्षीय बिक्रम पल्लि मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीले जानकारी दिए ।

उनीहरुको डेरा खानतलासी गर्दा लागुऔषध गाँजा जस्तो देखिने चिजवस्तुसहित फेला परेको प्रहरीले बताएको छ ।

लागूऔषध मुद्धामा सम्मानित जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया