ओखलढुंगाको भदौरेका राई दम्पती हत्या प्रकरण : हत्यामा संलग्न दाजुभाई काठमाण्डौबाट पक्राउ

ओखलढुंगाको भदौरेका राई दम्पती हत्या प्रकरण : हत्यामा संलग्न दाजुभाई काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 8.9K
    Shares

पोखरा, २३ माघ २०८२।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेका राई दम्पतीको हत्या प्रकरणमा संलग्न रहेको आशंका गरिएका दुई जना काठमाण्डौबाट पक्राउ परेका छन्। पक्राउ पर्ने सोही स्थानका दाजुभाई रहेका छन् ।

​नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई काठमाडौँको डल्लु क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरू चिशंखुगढीकै बासिन्दा भएको बुझिएको छ । उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन ।

​प्रहरी स्रोतका अनुसार घटनामा उनीहरू संलग्न भएको केही आधार भेटिएको छ । प्रहरीले भेरिफाइ गरेपछिमात्रै घटनासँग सम्बन्धित विस्तृत जानकारी दिने बताएको छ ।

​गएको माघ १३ गते चन्द्रविक्रम राई र चन्द्रमाया राई दम्पतीको हत्या भएको अवस्थामा उनीहरूको शव भेटिएको थियो ।

प्रतिक्रिया