पोखरा, २३ माघ २०८२।
भरुवा बन्दुकसहित हुम्लाबाट ७४ वर्षीय एक बृद्ध पक्राउ परेका छ्न।
जिल्लाको सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामा एक थान भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित पक्राउ परेका हुन्।
लामालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले उनकै घरबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
गोप्य सूचनाको आधारमा बिहान साढे ९ बजे बन्दुक १ थान र जंगली जनावरको भालुको जस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।