आज यी क्षेत्रहरुमा हल्का वर्षातको सम्भावना

आज यी क्षेत्रहरुमा हल्का वर्षातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 4.9K
    Shares

वर्षात, rain

पोखरा, २४ माघ २०८२।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ  भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू(भागको मौसम मुख्यतया सफा रहने छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया