धनुषामा युवती मृत भेटिइन्, हत्याको आशंका

धनुषामा युवती मृत भेटिइन्, हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 5.5K
    Shares

पोखरा, २४ माघ २०८२।

धनुषामा एक युवती मृत भेटिएकी छिन्।

जिल्लाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा अन्दाजी २५ वर्षीया युवती मृत भेटिएकी हुन्।

प्राप्त जानकारी अनुसार , शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान शुर गरेको जनाइएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले जानकारी दिए। प्रहरीले मृतकको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ। 

‘शवको सनाखत गर्न अहिलेसम्म कोही पनि आएको छैन,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा टाउकोमा चोट लागेको अवस्थाले कुटपिट गरी हत्या गरिएको देखिन्छ।’

प्रतिक्रिया