प्रहरी जवान ठगुन्ना त्रिभुवन विमानस्थलस्थित गोल्डेन गेटबाट किन पक्राउ परे ?

प्रहरी जवान ठगुन्ना त्रिभुवन विमानस्थलस्थित गोल्डेन गेटबाट किन पक्राउ परे ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०८२
  • 9.9K
    Shares

पोखरा, २३ माघ २०८२।

प्रहरी जवान भूपेन्द्र सिंह ठगुन्ना काठमाण्डौको त्रिभुवन विमानस्थलस्थित गोल्डेन गेटबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठगुन्नालाई सिनामंगलको गोल्डेन गेटबाट शुक्रबार पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले एक युवतीलाई बलात्कार गरी गर्भवती बनाएको अभियोग लगाएको छ।

आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै नौमहिनाकी गर्भवती एक महिला विगत तीन महिनादेखि सिंहदरबार लगायतका विभिन्न स्थानमा अनसन र धर्नामा बस्दै आएकी छिन् ।

आफूलाई बलात्कार गरी गर्भवती बनाएको र पछि विवाह गर्ने आश्वासन दिई फरार भएपछि ती महिलाले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जबरजस्ती करणीको जाहेरी परेपछि आरोपित भूपेन्द्र सिंह ठगुन्ना भागेर भारतको बैंगलोर पुगेका थिए ।

प्रहरीले विमानस्थल नजिकैबाट पक्राउ गरेको दाबी गरे पनि अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंगलोरबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ ।

प्रतिक्रिया