वीरगन्जमा मोटरसाइकल पार्किङ विवादमा हत्या : एक जना पक्राउ

वीरगन्जमा मोटरसाइकल पार्किङ विवादमा हत्या : एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०८२
  • 7.3K
    Shares

पोखरा, २३ माघ २०८२।

पर्साको वीरगन्जमा मोटरसाइकल पार्किङको विषयमा बिबाद हुँदा एक जना युवाको हत्या भएको छ।

वीरगन्ज महानगरपालिका–१३ मा शुक्रबार बिहान मोटरसाइकल पार्किङको विषयमा बिबाद हुँदा स्थानीय केपीचन्द राउतको हत्या भएको हो।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । सोही झगडामा राउत गम्भीर घाइते भएका थिए ।

सो क्रममा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको र मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया