पोखरा, २३ माघ २०८२।
झापामा ६४ वर्षीय एक वृद्धको घाँटीमा सुई रोपेर हत्या भएको छ।
भद्रपुर नगरपालिका-१० धनुषमोडका ६४ वर्षीय खेमराज ढकालको बिहीबार साँझ घाँटीमा सुई रोपेर हत्या गरिएको। हो
बृद्ध ढकाल आफ्नै घरमा बसिरहेका बेला सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले सुईले घोचेर गम्भीर घाइते बनाएकोमा तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दिनेशकुमार सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
घटनाको अनुसन्धान भइरहेको भन्दै खड्काले कारण खुल्न बाँकी रहेको बताए ।