सिंहदरबारमा आगजनी गरेको आरोपमा एक जना पक्राउ 

सिंहदरबारमा आगजनी गरेको आरोपमा एक जना पक्राउ 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 9.3K
    Shares

पोखरा, २२ माघ २०८२।

जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी ९ घर भई काठमाडौं अनामनगर बस्ने ३६ वर्षिय महेन्द्र गौतमलाई पक्राउ गरेको हो। 

उनले सिंहदरबारमा आगो लगाउन अरुलाई उक्साएको र भिडलाई उत्तेजित बनाएको एसपी पवन भट्टराईले जानकारी दिए।

उनले सार्वजनिक गरेको आफ्नो भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’

उनलाई आपराधिक उपद्रव मुद्दामा थुनामा राख्न अदालतबाट पाँच दिन म्याद लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया