काभ्रेमा बसले मोटरसाइकलले ठक्कर दियो : मोटरसाइकल चालकको मृत्यु

काभ्रेमा बसले मोटरसाइकलले ठक्कर दियो : मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 5.1K
    Shares

पोखरा, २२ माघ २०८२।

काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बसले अरनिको राजमार्गमा पर्ने काभ्रेको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बा.प्र ०२–०३० प ८०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए। 

दुर्घटनापछि बसका चालकलाई नियन्त्रणमा लिए घटनाबारे थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया