बैतडीमा भीरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु

बैतडीमा भीरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०८२
  • 5.7K
    Shares

पोखरा, २१ माघ २०८२।

बैतडीमा भिरबाट खसेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

दशरथचन्द नगरपालिका ५ को चमखाली खेलमैदानमा तालिम सकेर फर्किने क्रममा मंगलबार राती साढे ८ बजेतिर दशरथचन्द नगरपालिकाका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भीरबाट खसेर मृत्यु भएको हो।

दशरथचन्द नगरपालिका ४ स्थायी ठेगाना भएका चन्द सोही ठाउँको खरकटे सल्लेरी भिरमा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ✍️

प्रतिक्रिया