झापाको चन्द्रगढी विमानस्थलबाट अबैध लागू औषध हिरोइनसहित युवती पक्राउ

झापाको चन्द्रगढी विमानस्थलबाट अबैध लागू औषध हिरोइनसहित युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०८२
  • 6.7K
    Shares

पोखरा , २१ माघ २०८२।

झापाको चन्द्रगढी विमानस्थलबाट अबैध लागू औषध हिरोइनसहित एक युवती पक्राउ परेकी छिन।

 हुम्ला खार्पुनाथ गाउँपालिका २ घर भई हाल भारतको कोलकातास्थित एक होटलमा काम गर्ने २६ वर्षीया रोशनी बुढा झापाको चन्द्रगढी विमानस्थलबाट अबैध लागू औषध हिरोइनसहित पक्राउ परेकी हुन् ।

यति एयरलाइन्सको फ्लाइट नम्बर ९२६ मा भद्रपुरबाट काठमाडौँ जान लागेकी बुढालाई सोमबार साँझ उनको सुरुवालको गोजीमा राखिएको एकसय ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

रोशनीले दिएको जानकारीका आधारमा काठमाडौँमा उनीसँग सम्बन्धित सन्तोष बञ्जारा (३०) र थोर्मस तामाङ (२१) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया