पोखरा , २१ माघ २०८२।
तनहुँको ऋषिङमा ट्याक्टरबाट खसेर गएराती एक युवाको मृत्यु भएको छ।
मधुवनस्थित कालीगण्डकी किनारबाट बालुवा बोकेर काफलडाँडा जाँदै गरेको ग १ त ६२९४ नम्बरको ट्याक्टरबाट मङ्गलबार राति खसेका युवाको मृत्यु भएको हो।
उक्त ट्याक्टरबाट खसेर घाइते भएका ऋषिङ गाउँपालिका–४ बस्ने २३ वर्षीय पूर्णबहादुर थापाको उपचारका क्रममा रत्नहरि अस्पतालमा राति ९ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी (डिएसपी ) प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
शव शल्यक्रियाका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । ट्याक्टर चालक र साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सांकेतिक फाइल चित्र