बेल्डिङ मेशिन र तामाको तारहरु चोरीको पोल खुल्ने डरले राहुघाट जलविद्युतनाका सुरक्षा गार्ड पौडेलको हत्या

बेल्डिङ मेशिन र तामाको तारहरु चोरीको पोल खुल्ने डरले राहुघाट जलविद्युतनाका सुरक्षा गार्ड पौडेलको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०८२
  • 5.9K
    Shares

काठमाडौँ, २१ माघ २०८२।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या भएको खुलेको हो।

सुरक्षा गार्ड पौडेलको हत्या आरोपमा प्रहरीले मंगला गाउँपालिका-२ हिदीका २९ बर्षिय भिमप्रसाद किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।

अभियुक्त भिमप्रसाद किसानले बेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको सुरक्षा गार्ड पौडेलले देखेपछि कम्पनीमा जानकारी गराउने बताएसँगै आफ्नो समुहको परिचय खुल्ने डरले काठको दाउराले टाउकोमा हानेर हत्या गरेको देखिएको प्रहरीले बताएको छ। दाउराले हानेर गम्भिर घाईते भएका सुरक्षा गार्ड पौडेललाई पावरहाउसको दोश्रो तलामा रहेको प्वालबाट भूई तलामा खसालेको अनुसन्धानबाट खुलेको छ ।

राहुघाट जलविद्युत आयोजनाबाट अभियुक्त भिमप्रसाद किसान लगायत सात जनाले बेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाले बताए

सुचना अधिकारी तिमिल्सिनाका अनुसार, चोरीमा संलग्न रहेको आरोपमा रघुगंगा गाउँपालिका-३ तिल्किनीका ५९ बर्षिय गम बहादर शेन्चुरी,रघगंगा गापा-३ पिप्ले ५३ बर्षिय गिरी बहादुर मल्ल, रुपन्देही जिल्ला देवदह नगरपालिका-९ २१ बर्षिय तुल बहादर गुरुङ र पर्वत जलजला गाउँपालिका-३ पारीबेनीका २८ बर्षिय बिज्ञान राज शर्मा र बेनी नगरपालिका–९ का ४१ बर्षिय शिव पुरी पक्राउ परेका छन् ।

पौडेलको हत्या तथा चोरीमा संलग्नलाई कतब्य ज्यान मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धानमा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको कमाण्डमा खटिएको टोलीले २४ घण्टाभित्र हत्याका योजनाकार तथा संलग्नहरुको पहिचान गरेको जनाइएको छ । जलविद्युतबाट सामान चोरी गर्ने र बेच्ने गिरोहको समेत पहिचान भएको छ । म्याग्दी जिल्लामा जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया