काठमाडौँ, २१ माघ २०८२।
सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ घर भइ ललितपुर बस्ने २२ वर्षका सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भइ ललितपुर बस्ने २२ वर्षका सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उप महानगरपालिका घर भएका १८ वर्षका विप्लव राई रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई आबश्यक अनुसन्धानका लागी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।