भारतको दुधवा जङ्गलमा मोटरसाइकल दुर्घटना : एक नेपाली युवाको मृत्यु

भारतको दुधवा जङ्गलमा मोटरसाइकल दुर्घटना : एक नेपाली युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 4.3K
    Shares

पोखरा, २० माघ २०८२।

नेपाल – भारत सीमासँग जोडिएको गोरिफन्टा मार्गस्थित दुधवा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक नेपाली युवाको मृत्यु भएको छ।

सु प प्र ०१ ००८ प ७४९७ नम्बरको बजाज पल्सर मोटरसाइकल दुधवा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा कञ्चनपुर जिल्ला अन्तर्गत पिपलेडी निवासी ४६ वर्षीय पुष्पराज भट्टको मृत्यु भएको हो।

सडकको छेउमा रहेका गहिरा खाल्डाखुल्डी तथा अत्यन्तै जीर्ण सडक अवस्थाका कारण दुर्घटना भएको बताइएको छ।
दुर्घटनाको ठोस कारण हालसम्म स्पष्ट हुन सकेको छैन। तर स्थानीयवासीका अनुसार सडकको खराब अवस्था र गहिरा खाल्डाखुल्डी नै दुर्घटनाको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनामा गम्भीर चोट लागेका कारण घटनास्थलमै उहाँको मृत्यु भएको हो।

प्रतिक्रिया