​स्याङ्जामा स्कुटर र मोटरसाइकल ठोक्किएपछि कुटाकुट : तीन जना घाइते

​स्याङ्जामा स्कुटर र मोटरसाइकल ठोक्किएपछि कुटाकुट : तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ माघ २०८२
  • 6.5K
    Shares

विद्युतका कर्मचारीमाथि कुटपिट

​स्याङ्जा, १९ माघ २०८२ ।


सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपधेरामा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएपछि कुटाकुट भएको झै-झगडामा तीन जना घाइते भएका छन्।

​शनिबार मध्यराति करिब ००:१० बजे वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएपछि दुवै पक्षबीच कुटाकुट हुँदा तीन जना घाइते भएका हुन्।

उक्त झगडामा घाइते भएका ३० वर्षीय खान वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। अन्य दुई घाइतेहरू ३२ वर्षीय श्रेष्ठ (टाउकोमा चोट) र ४० वर्षीय सेन ठकुरी (मुखमा चोट) लाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (GMC) र गण्डकी अस्पताल रिफर गरिएको छ।

​प्रहरीका अनुसार दुर्घटना र झै-झगडाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया