पोखराका यी क्षेत्रमा आज बिहान दुई घण्टा बिजुली नआउने

पोखराका यी क्षेत्रमा आज बिहान दुई घण्टा बिजुली नआउने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०८२
  • 3.5K
    Shares

पोखराम १७ माघ २०८२।

पोखराका केही क्षेत्रहरुमा आज बिहान दुई घण्टा बिजुली नआउने भएको छ।

नेपाल बिद्युत प्राधिकरण आयोजना ब्यबस्थापन निर्देशनालय अन्तरगतको पोखरा भरतपुर वितरण प्रणाली आयोजनाले एक सार्वजनिक सुचना जारी गरेर आज बिहान आठ बजेदेखि १० बजेसम्म दुई घण्टा पोखराका केही क्षेत्रहरुमा बिजुली आपूर्ति बन्द हुने जानकारी दिएको छ।

आयोजनाका प्रमुख आनन्द सुबेदीले जारी गरेको सुचनामा शहिदचोक, सराङकोट र बैदाम फिदर अन्तरगतका क्षेत्रहरुमा बिहान दुई घण्टा आठ बजेदेखि १० बजेसम्म बिजुली आपूर्ति बन्द हुने उल्लेख छ।

पोखराको सभागृहचोकका सडकमा रहेको बिद्युत ट्रान्सफर्मरहरुलाई सडक पेटीमा सार्न दुई घण्टा बिद्युत आपूर्ति बन्द गर्न लागिएको उक्त बिज्ञप्तिमा उल्लेख छ। साथै सोही विज्ञप्तिमार्फत काम निर्धारित समय अगावै सकिएमा जुनसुकै बेला बिजुली आउँ सक्ने भएकाले सम्भावित दुर्घटना हुन् नदिन त्यसतर्फ सचेत हुन् पनि ग्राहकहरुलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया