बाराको हिमानी पार्टी प्यालेसमा वीरगञ्जस्थित नबिल बैंकका कर्मचारी मृत भेटिए

बाराको हिमानी पार्टी प्यालेसमा वीरगञ्जस्थित नबिल बैंकका कर्मचारी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०८२
  • 2.3K
    Shares

पोखरा , १७ माघ २०८२।

बाराको कलैया उपमहानगरपालिका-५ दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा वीरगञ्जस्थित नवील बैंकका एक कर्मचारी मृत भेटिएका छन्।

सप्तरी जिल्लामा घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३, प्रगति नगरमा बसोबास गर्दै आएका वीरगञ्जस्थित नवील बैंकमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर शुक्रबार बाराको दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा मृत भेटिएका हुन्।

ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

सोही कोठामा संगै सुतेका जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेशराज उपाध्यायको बारेमा प्रहरीले केही बताएको छैन। तर सुत्नु अघि उनीहरुले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको र त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया