पोखरा , १७ माघ २०८२।
सिराहामा ट्रयाक्टर लगाएर खेत जोतिरहेका एक जना किसानको गोली हानि हत्या गरिएको छ।
खेतमा ट्रयाक्टर लगाएर खेत जोतिरहेका किसान सिराहा नगरपालिकाको वडा नम्बर १ का ४५ वर्षीय प्रेमनाथ यादवको शनिबार गोली हत्या भएको हो।
उनको कसले किन गोली हानेर हत्या गरेको हो खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार गोली कसले र किन हानेको विषय लगायत घटनाबारे थप अनुसन्धान भइरहेको छ।