तनहुँका तीन जनाको हत्या आरोपी कास्कीका नेपाली पक्राउ : कर्तव्य ज्यान मुद्दा दर्ता

तनहुँका तीन जनाको हत्या आरोपी कास्कीका नेपाली पक्राउ : कर्तव्य ज्यान मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०८२
  • 2.5K
    Shares

पोखरा , १७ माघ २०८२।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा कास्की घर भएका एक जना व्यक्ति पक्राउ परेका छन्।

कास्की घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपाली शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। उनीविरुद्ध तनहुँ अदालतबाट बुधबार कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अभियुक्त नेपालीको साथबाट हत्यामा प्रयोग भएका चक्कु, चप्पल, सल लगायतका कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

गत पुस २६ गते बिहान ९ः३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको शव हत्या गरेको अवस्थामा भेटिएको थियो । शुक्लागण्डकी फोहोर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको थियो ।

घटनापश्चात् क्रममा तालिम प्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञ सहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । नामथर र वतन नखुलेको पुरुष व्यक्तिको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको छ ।

प्रतिक्रिया