पोखरा , १६ माघ २०८२।
घुस रकम लिँदै गर्दा बर्दियाबाट एक जना इन्जिनियर रंगेहात पक्राउ परेका छन्।
बर्दियाको बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
इन्जिनियर मल्ललाई एक लाख पचास हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहिबार पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण गरिएको चार कोठे भवनको अन्तिम भुक्तानी प्रक्रिया सहज बनाइदिने शर्तमा सेवाग्राहीसँग इन्जिनियर मल्लले उक्त परिमाणको नगद मागेका थिए। घुस लिंदै गर्दा पक्राउ परेका इन्जिनियर मल्लबिरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।