कक्षा ७ मा अध्ययनरत बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट शिक्षक पक्राउ

कक्षा ७ मा अध्ययनरत बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट शिक्षक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०८२
  • 2.5K
    Shares

पोखरा १५ माघ २०८२।

विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

स्कूल नजिकै स्टेशनरी संचालन गर्दै आएका शिक्षक गिरीले आफूले पढाउने बिद्यालयको कक्षा सातमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ।

पीडित बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे आफन्तलाई भनेपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । अहिले पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिइसकेकाले म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

उनलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले बताए ।

यता आरोपित गिरीले भने ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गर्दै आएका थिए । गिरीले आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार दबाब समेत सिर्जना गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावक विद्यालय पुगेर छलफल समेत गरेका थिए । तर आरोपित गिरीले अस्वीकार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया