पोखरा १५ माघ २०८२।
झन्डै तीन हप्ता अगाडी चितवनको रत्ननगर नगरपालिका–४ की ६८ वर्षीया सुकमाया देवी तामाङको हत्या आरोपमा प्रहरीले पांच जनालाई पक्राउ गरेको छ।
आफ्नै घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको गएको पुष २६ गते सुतेकै ओछ्यानमा हातखुट्टा बाँधेर हत्या गरेको आरोपमा प्रहरीले पांच जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमा स्याङ्जाको बिरुवा गाउपालिका वडा नं. ०८ पेल्का स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं. ४ सिनेमारोड बस्ने बर्ष ३१ को मिलन भन्ने कौबहादुर गुरुङ, बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल चितवन रत्ननगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ४६ को मोटे र बिजय भन्ने शुक्र बहादुर भोलन, बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नं. २२ चकरी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १० च्यासल बस्ने बर्ष ४२ को सुर्यमान वाईवा, धादिङको थाक्रे गाउपालिका वडा नं. ०५ बस्ने बर्ष ३२ को बुद्धिमान लामा र मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ४७ को हिरा बहादुर स्याङतान रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले तामाङलाई खाटमा बाँधेर बाँधी लगाएका सुनका मुन्द्रा, औँठी, बालालगायतका गहना लुटेर हत्या गरेको प्रहरीले आरोप लगाएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) र डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनले जनाएको छ।
प्रेस विज्ञप्ति
सुकमाया देवी तामाङको हत्या गरी लुटपाट गर्ने समूह पक्राउ
जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ४ स्थित वस्ने बर्ष ६३ की सुकमाया देवी तामाङ मिति २०८२/०९/२६ गते बिहान अं. १०:०० बजेको समयमा निज कै घरकोठामा हात, खुट्टा र मुखमा कपडाले बाँधी मृत फेला परेको, कोठा तथा दराजमा रहेको सरसामानहरु छरपस्ट अवस्थामा रहेको, मृतकले लगाएको भनिएको सुनको गरगहना नगद रुपैया र मोवाइल फोन साथमा फेला नपरेको, घटनामा निज सुकमाया देवी तामाङलाई आपराधिक समूहले नियोजित तवरले निर्ममता पुर्वक नाक मुख, हात र खुट्टामा समेत बाँदछाँद गरी, हत्या तथा धनमाल डाँका गरी लगेको ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) र डाँका सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनबाट थप अनुसन्धान भई रहेको ।पक्राउ परेका अभियुक्तहरु :-
१. जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ४६ को मोटे र बिजय भन्ने शुक्र बहादुर भोलन (पक्राउ रत्ननगर नगरपालिका वडा नं. ७ चित्रसारीबाट) ।
२. जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं. २२ चकरी घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १० च्यासल बस्ने बर्ष ४२ को सुर्यमान वाईवा (पक्राउ रत्ननगर नगरपालिका वडा नं. १ सौराहचोकबाट) ।
३. जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०५ बस्ने बर्ष ३२ को बुद्धिमान लामा (पक्राउ जिल्ला नवलपरासी (ब.सू.पुर्व) विनय त्रिवेणी गाउँपालिका वडा नं. ४ सर्दी बगैचाबाट)।
४. जिल्ला स्याङ्जा बिरुवा गा.पा. वडा नं. ०८ पेल्का स्थायी घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. ४ सिनेमारोड बस्ने बर्ष ३१ को मिलन भन्ने कौ बहादुर गुरुङ (पक्राउ इच्छाकामना गाउँपालिका वडा नं. ३ फिस्लिङबाट)
५. जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १२ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ४७ को हिरा बहादुर स्याङतान (पक्राउ जिल्ला काठमाण्डौ थानकोटबाट ) ।