गुल्मीमा तीनमहिने छोरालाई भुइँमा पछारेर हत्या

गुल्मीमा तीनमहिने छोरालाई भुइँमा पछारेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०८२
  • 4.3K
    Shares

पोखरा १५ माघ २०८२।

गुल्मीमा एक व्यक्तिले आफ्नो तीन महिने छोरालाई टिपी भुइँमा पछारेर हत्या गरेका छन्।

गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नो तीन महिनाका शिशुलाई टिपी भुइँमा पछारेर हत्या गरेका हुन्। भुइँमा पछारिएका शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नो तीन महिनाको भाईलाई बुबाले भुइँमा पछारेर मारेको देखेकी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेकी प्रहरीले बताएको छ। उक्त खबर पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका छन् ।

प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

प्रतिक्रिया