चितवन, १५ माघ २०८२।
चितवनमा गएराती एउटा मोटरसाइकल नहरमा खस्दा एक जना युवाको निधन भएको छ।
जिल्लाको राधापुरदेखि पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६-००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफै अनियंत्रित भइ बुधबार राती ८ बजेको समयमा भरतपुर-१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ नजिकै पुलबाट नहरमा खसेर दुर्घटनाग्रस्त हुँदा एक युवाको निधन भएको हो।
उक्त दुर्घटनामा परेर मोटरसाइअकल चालक भरतपुर-१६ का ४० वर्षका विनोद सुवेदीको निधन भएको प्रहरीले जानकारी दिएको छ। नहरमा खसेर गम्भीर घाइते भएका सुबेदीलाई तत्काल उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा राती नौ बजे चिकित्सकले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ। सांकेतिक चित्र