पोखरा १५ माघ २०८२।
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित घिउखोला ढलान र विश्वकर्मा मन्दिर नजिक वर्षाको कारण सडक अत्यन्त चिप्लो बनेको छ। उकालोमा सवारी साधन चढ्न कठिनाइ हुँदा करिब २०० सवारी साधन जाममा परेका छन्।
यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।