गएराती बारा सामुहिक हत्या : मृतक आमाछोराको खुल्यो पहिचान , बाबुछोरी घाइते

गएराती बारा सामुहिक हत्या : मृतक आमाछोराको खुल्यो पहिचान , बाबुछोरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 4.7K
    Shares

पोखरा, १४ माघ २०८२।

बारामा अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी हत्या गरिएका आमाछोराको पहिचान खुलेको छ।

बारा जिल्ला को परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको निर्मम हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

डिएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया