बारामा गएराती आमाछोराको हत्या, तीन जना घाइते

बारामा गएराती आमाछोराको हत्या, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 3K
    Shares

पोखरा, १४ माघ २०८२।

बारामा गएराती बिहानपख आमाछोराको हत्या भएको छ भने सोही घरका अन्य तीन जना घाइते भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिकोले धारिलो हतियार प्रहार गरेर ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोराको हत्या गरिदिएका छन् भने सोही घरका अन्य तीन जना घाइते छन्।

आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सोही घटनामा परिवारकै अन्य तीन जना सदस्य गम्भीर घाइते भएका छन्।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको भन्दै प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।

प्रतिक्रिया