भाइरल युवराज सफल फेरि पक्राउ : तीन दिन म्याद थप

भाइरल युवराज सफल फेरि पक्राउ : तीन दिन म्याद थप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 2.4K
    Shares

पोखरा, १४ माघ २०८२।

yuwaraj safal

दैनिक जसो विभिन्न व्यक्तिहरुलाई कहिले अख्तियारमा, कहिले अदालतमा त कहिले प्रहरीमा उजुरी हालेर भाइरल बन्दै आएका युवराज पौडेल उर्फ युवराज सफल मंगलबार पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताए । पौडेलबिरुद्ध काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान शुर गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटो आरोप लगाएका थिए । 

उक्त भिडियोमा देखिएका युवराज सफल भन्ने युवराज पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते प्रहरीलाई पत्राचार गरेको थियो । सांकेतिक चित्र

प्रतिक्रिया