पोखरा, १३ माघ २०८२।
काठमाडौंको जमलमा आज दिउँसो चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा ठूलो आगजनी भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र प्रत्यक्षदर्शीका अनुसार, तीव्र गतिमा रहेका गाडीहरू ठोक्किएलगत्तै एउटा सवारीमा सल्किएको आगो अन्य दुईमा पनि फैलिएको थियो।
सडकको बीचमै सवारीसाधन आगो लाग्दा जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। सूचना पाएलगत्तै दमकल र प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेका छन्। हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण नआए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको छ।