पोखरा, १३ माघ २०८२।
चिनोखोला हाईड्रोपावर मनाङको जिप तनहुँमा दुर्घटनाग्रस्त हुँदा एक जना विदेशीसहित पांच जना घाइते भएका छन्।
मनाङदेखि काठमाण्डौतर्फ जाँदै गरेको ग ३ च ६३७५ नं. को बोलेरो जिप आज दिउसो करीब साढे १२ बजेको समयमा तनहुँको भानु नगरपालिका वडा नम्बर ८ बलिफाँटस्थित डुम्रे बेशिसहरसडक खण्डमा दुर्घटनाग्रस्त हुँदा एक जना विदेशीसहित पांच जना घाइते भएका छन्। उक्त दुर्घटनामा घाइते भएका चिनोखोला हाईड्रोपावर मनाङमा काम गर्ने एक बिदेशी सहित पांच जनालाई तत्काल उद्धार गरी गोरखा सामुदायिक अस्पताल तुरतुरेमा पुर्याइएकोमा त्यहाँबाट थप उपचारको लागी पोखरा गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।