पोखराबाट मोटरसाइकल चोरी गरेर तनहुँ पुर्याउने तीन जना बालक आँबुखैरेनीबाट पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरेर तनहुँ पुर्याउने तीन जना बालक आँबुखैरेनीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 5.1K
    Shares

पोखरा, १३ माघ २०८२।

पोखराबाट मोटरसाइकल चोरी गरेर तनहुँ पुर्याउने तीन जना बालकहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथस्थित घोताघोतेबाट ग ६ प ६६२४ नं. को पल्सर मोटरसाईकल चोरी गरेर तनहुँ पुर्याएका तीन जना बालकहरुलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जना नाबालक भएकाले नाम, थर वतन र तस्बीर सार्वजनिक गरिएको छैन।

उनीहरुले गएको शनिबार दिउसो तीन बजेको समयमा उक्त पल्सर मोटरसाइकल चोरी गरेर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ गणेशटोलको पृथ्वीराजमार्गस्थित सडकखण्डमा लैजाँदै गरेको अवस्थामा भोलिपल्ट दिउसो चार बजे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको सहकार्यमा नियन्त्रणमा उनीहरुलाई पक्राउ गरी पोखरा ल्याएर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

उनीहरुबिरुद्ध चोरी सम्बन्धी कसूरमा कास्की जिल्ला अदालत कास्कीबाट पांच दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया