पोखरा, १३ माघ २०८२।
नेपाली कांग्रेसले आसन्न चुनाबमा पार्टीको चुनाब प्रचार अभियान संचालन गर्न कास्की निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न समितिहरु गठन गरेको छ।
नेपाली कांग्रेसले कास्कीको क्षेत्र नम्बर १ समितिको भेलाले क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा एकहजार एक सय ११ सदस्य रहेको चुनाव प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देललाई जानकारी दिए। कास्कीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी विभिन्न समितिहरु बनाइएको सिग्देलले बताए।
सोही भेलाले अमर बहादुर केसीको संयोजकत्वमा अर्थ व्यवस्थापन समिति, अप्सरा श्रेष्ठको संयोजकत्वमा महिला परिचालन तथा समन्वय समिति, डम्बरजंग गुरुङको संयोजकत्वमा युवा परिचालन समिति, नवीन सिग्देलको संयोजकत्वमा सूचना सञ्चार तथा प्रविधि समन्वय समिति, देवीप्रसाद कुइकेलको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, विकास लामाको संयोजकत्वमा भातृ संस्था समन्वय समिति गठन गरेको छ ।
त्यस्तै राजीव भण्डारीको संयोजकत्वमा नवयुवा जेन्जी परिचालन समन्वय समिति, रसिक हरि भण्डारीको संयोजकत्वमा नेपाल विद्यार्थी सङ्घ एवं विद्यार्थी परिचालन समिति, बुद्धिमान गुरुङको संयोजकत्वमा अन्तरजिल्ला सम्पर्क समन्वय समिति, लेखबहादुर गुरुङको संयोजकत्वमा अन्तर्राष्ट्रिय जनसम्पर्क समिति, अमर धितालको संयोजकत्वमा सांस्कृतिक क्षेत्र परिचालन समिति, देवराज बरालको संयोजकत्वमा प्रजातन्त्र सेनानी तथा जेष्ठ नागरिक समन्वय समिति, राम गुरुङको संयोजकत्वमा तमु सङ्घ परिचालन समिति, मिलन तिवारीको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय समिति, शान्ति खनालको संयोजकत्वमा आमा समूह एवं टोल समन्वय समिति र बाबुराम गिरीको संयोजकत्वमा उद्योग वाणिज्य क्षेत्र समन्वय समिति गठन गरिएको ओम प्रकाश गुरुङले जानकारी दिनुभयो। आवश्यक अन्य समितिहरू क्रमश विस्तार गर्दै लगिने बताइएको छ।