पोखरा, १२ माघ २०८२।
कैलालीमा एक व्यक्तिले आफ्नै श्रीमतीको कुटेर हत्या गरेका छन्।
धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी-१३ काे राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले आफ्नै ३० वर्षीया श्रीमती हिरा दाहाललाई कुटेर हत्या गरेका हुन्।
घरायसी विवादमा सतिङ दाहालले साेमबार श्रीमती हिरा दाहाललाई कुटेर गम्भीर घाइते बनाएकोमा क्रममा उनकाे सेती प्रादेशिक अस्पताल धनगढी उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीकाे मृत्यु भएपछि उनका श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।