सरिता गिरि मृत्यु प्रकरण : प्रहरी हवल्दार साउदबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

सरिता गिरि मृत्यु प्रकरण : प्रहरी हवल्दार साउदबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ माघ २०८२
  • 5.4K
    Shares

पोखरा, १२ माघ २०८२।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक प्रहरी हवल्दार यज्ञ साउदबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको छ।

डडेल्धुरामा मृत फेला परेकी सरिता गिरिको सुसाइड नोटका आधारमा पक्राउ परेका प्रहरी हबल्दार साउदबिरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको हो ।

सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले जानकारी दिए ।

भागेश्वर गाउँपालिका–३ स्थायी घर भई हाल अमरगढी नगरपालिका–४ खलंगास्थित जिल्ला प्रहरी कार्यालयको पछाडि बस्दै आएकी सरिता गिरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार गिरीको सुसाइड नोटमा प्रहरी चालक साउदले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेकी छन् ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस् । मरेर के गर्छस् गर भनिस् ।’ आफूले जम्मा गरेको पैसा र सुनसमेत प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति चिन्ता व्यक्त गरिएको छ ।

सुसाइड नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइ देलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन छोरा माफ गरिदिनु ।’ साथै, आफूबाट लिइएको सुनसमेत छोरालाई दिन आग्रह गरिएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सिंहले मृतकका परिवारजन डडेल्धुरा आइपुगेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

यता, मृतकका आफन्तहरूले भने प्रहरी कर्मचारी नै आरोपित भएको घटनाको छानबिन प्रहरीले नै गर्नु शंकास्पद रहेको बताएका छन् । उनीहरूले पीडितले न्याय नपाउने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकका गिरीका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया