पोखरा, १२ माघ २०८२।
२१ वर्षदेखि भाग्दै हिडेका एक जना डाँका सर्लाहीमा पक्राउ परेका छन्।
जिल्ला अदालत सर्लाहीले २०६१ सालमा डकैती मुद्दामा दोषी ठहर गरेका सर्लाहीको कबिलासी नगरपालिका ७ का ४४ वर्षीय विल्टु महतो सर्लाहीकै हरिवन नगरपालिका ५ बाट शनिबार पक्राउ परेका हुन्
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, प्रहरीको अनुसन्धान प्रतिबेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले महतोविरुद्ध २०६१ साल बैशाख १ गते जिल्ला अदालत सर्लाहीमा डकैती मुद्दा दायर गरेकोमा उक्त अदालतले ६ वर्ष कैद र दुई लाख ७९ हजार ६ सय रुपियाँ जरिवाना हुने फैसला गरेको थियो।
उक्त फैसला भए यता भाग्दै हिडेका विल्टु महतोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। लामो समयदेखि लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र कानुनी प्रकृया पूरा गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।