संखुवासभामा जिप दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते

संखुवासभामा जिप दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ माघ २०८२
  • 3K
    Shares

पोखरा , १२ माघ २०८२।

सङ्खुवासभामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  

जिल्लाको चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका हुन्।  

उक्त दुर्घटनामा परेर चैनपुर–१ मैदाने निवासी ५९ वर्षीय पदमबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। उनको पहिचान भतिज वीरबहादुर लिम्बूले गरेका हुन्। साथै, अन्दाजी ३० वर्ष उमेरका एक पुरुषको पनि ज्यान गएको छ, हालसम्म उनको नाम, थर र वतन खुल्न सकेको छैन। मृतक दुवैको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुर थक्लुङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ।

जिपमा चालकसहित पाँच जना यात्रु सवार थिए। दुर्घटनामा चैनपुर–१ सिङरिङ निवासी ३४ वर्षीय दोर्ची शेर्पा घाइते भएका छन् भने अन्दाजी १३ वर्षको एक बालक सामान्य घाइते रहेको प्रहरीको भनाइ छ। सामान्य घाइतेको उपचार चैनपुर अस्पतालमै भइरहेको छ।

दुर्घटनापछि सवारी चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन्।

प्रतिक्रिया