पोखरा , ११ माघ २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पद छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका नेता सन्तोष परियार बैबाहिक जीवनमा बाँधिएका छन्।
नेता परियारले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकी शर्मिला मित्रकोटीसँग आइतबार अदालती बिहे गरेका हुन्।
सौन्दर्यकर्मी शर्मिला मित्रकोटी र नेता सन्तोष परियारले आइतबार कास्की जिल्ला अदालतबाट बिहे दर्ताको प्रमाणपत्र लिएका अधिवक्ता कुन्जनी परियारले आफ्नो फेसबुकबाट सार्वजनिक गरिदिएकी छिन।



