काठमाण्डौको सांस्कृतिक नृत्य कला केन्द्रबाट नक्कली बन्दुक र पेस्तोलसहित दुई जना युवा पक्राउ

काठमाण्डौको सांस्कृतिक नृत्य कला केन्द्रबाट नक्कली बन्दुक र पेस्तोलसहित दुई जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 4.3K
    Shares

पोखरा , ११ माघ २०८२।

काठमाण्डौको कोटेश्वरस्थित सांस्कृतिक नृत्य कला केन्द्रमा लुकाईछिपाई राखिएको अवस्थामा गएराती नक्कली हतियारसहित दुई जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षिय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कली हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ३-०-३ राइफल जस्तो देखिने नक्कली लामो हतियार १ थान,कटुवा पेस्तोल जस्तो देखिने नक्कली सानो हतियार दूइ थान, खुकुरी जस्तो फलामले बनेको हतियार दुई थान र मोटरसाइकल एकथान बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।

सीसी टिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२(०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आएसँगै उनलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया