जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 4K
    Shares

पोखरा , ११ माघ २०८२।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

घोराही उपमहानगरपालिका-२ रामपुर निवासी प्रहरी जवान हरी जिसी घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार , गएको माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिई हिडेका प्रहरी जवान त्यस दिन यता बेपत्ता रहेका थिए। स्कुटी बाटोमा भेटिएको भए पनि उनी भने बेपत्ता रहेका थिए। तर आज उनी घरडौराको जंगलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।

स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै मृत्युको कारण खुल्ने बताए ।

प्रतिक्रिया