तनहुँको आँबुैखैरेनीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको ट्रकका चालक मुग्लिनपुलबाट समातिए

तनहुँको आँबुैखैरेनीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको ट्रकका चालक मुग्लिनपुलबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 5.2K
    Shares

तनहुँ ११ माघ २०८२।

तनहुँको आँबुैखैरेनीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको ट्रकका चालक मुग्लिनपुलबाट समातिएका छन्।

पृथ्वीराजमार्ग सडक अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको ट्रक बा.प्र.०३–००१ क ०२६८ नंम्बरको ट्रकका चालक चितवन – तनहुँको सीमा मुग्लिनपुलबाट समातिएका छन्।

प्रहरीका अनुसार , उक्त ट्रकले  शुक्रबार राती पैदलयात्री गोरखा जिल्ला गोरखा नगरपालिका–१४ जुम्लाङ्ग बस्ने ६० बर्षीय दल बहादुर थापा मगरलाई ठक्कर दिएर भागेकोमा उनको पुरानो चितवन मेडिकल अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार बिकले जानकारी दिए।

पैदलयात्री मगरलाई ठक्कर दिएर भागेको उक्त ट्रकका चालक मकवानपुरको सरीखेत पलासे गाउँपालिका–१ बस्ने २९ बर्षीय बाबुलाल लोलाई मुग्लिन पुलबाट प्रहरीले ट्राफिक चेकिङका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । सांकेतिक फाइल चित्र

प्रतिक्रिया